८७ यात्रु बोकेको श्रीएयरलाइन्सको जडाजको इन्जिन फेल, आकस्मिक अवतरण गरिँदै

  २०७९ वैशाख २८ गते १२:१७     विकासन्युज

काठमाडौं । श्रीएयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । बुधबार बिहान काठमाडौंबाट धनगढी उडेको सो एयरलाइन्सको एक जहाजको इन्जिन आकाशमै फेल भएको हो ।

जहाज बिहान ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं आइरहेको छ ।

क्याप्टेन बी राजवंशीकाे नेतृत्वमा जहाज उडान भइरहेकाे छ । त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.