बैंकको निक्षेपमा झिनो सुधार

  २०७९ वैशाख २६ गते १९:४६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पाँच अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा पाँच अर्ब बढेर ४३ खर्ब ७३ अर्ब पुगेको हो ।

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो साता ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको हो ।

गत साताको तुलनामा कर्जा लगानीमा चार अर्बले कमी आएको छ । बैंकहरूले गत फागुन चौथो साता ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन र ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.