सबैको लघुवित्तले ग्राहकलाई दियो तरकारी खेती तालिम

  २०७९ वैशाख २२ गते १७:३२     विकासन्युज

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना २५ जना ग्राहक सदस्यहरुलाई बेमौसमी तथा मौसमी तरकारी खेती तालिम दिएकाे छ ।

वैशाख २० गतेदेखि २२ गतेसम्म संचालित तालिममा हरि प्रसाद शर्मा, पवन कुमार श्रेष्ठ, सिता रानाभाट, अनिता वि.क प्रशिक्षककाे रुपमा रहेका थिए ।

तालिमकाे पहिलाे दिन करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग जस्ता विषयमा जानकारी दिइएकाे थियाे ।

यस्तै तालिमकाे दोश्रो दिन तालिममा सहभागीहरुलाई गढवा नगरपालिका—७, मोतिपुरका उमिसा चौधरीको २ विघाहामा फैलिएको कृषि फार्म गरेका थिए ।

तालिममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाव दिएका थिए ।

सबैको लघुवित्त वित्तीय संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.