नाफाको सुनिश्चिततासहित विदेशी लगानी ल्याउनु पर्छ : अध्यक्ष गोल्छा

  २०७९ वैशाख १९ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नाफाको सुनिश्चिततासहित विदेशी लगानी ल्याउनु पर्ने बताएका छन् । सोमबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/0८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नाफाको सुनिश्चितता नभई विदेशी लगानी नआउने भएकोले सरकारले बजेट मार्फत विदेशी लगानीको सुनिश्चितता गर्नु पर्ने बताए । यस्तै, उनले सरकारले राजश्व संकलन नै सफलताको मानक मानेको तर त्यसको सदुपयोग र सेवा तथा सुरक्षामा ध्यान नदिएको धारणा राखे ।

राजश्वलाई सेवा सुरक्षा र लगानी गर्नमा प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए । सामाजिक सेवा विस्तार भन्दा गुणस्तरीयतामा प्राथमिकता दिनु पर्ने उनको धारणा थियो ।

सरकारले निजि क्षेत्रलाई राजश्व संकलन गर्ने माध्यम मात्रै लिएको बताउँदै उनले विकासको साझेदारको रुपमा नलिएको धारणा राखे ।

अबको बजेट पुर्वाधार र विदशी लगानीमा ध्यान दिनु पर्ने बताउँदै उनले व्याजदर लागत बढाउने सरकारको एकतर्फी निर्णयले कसैको भलो नहुने बताए । सरकारले पुँजीगत खर्च गर्न नसकेकोप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन् ।

यस्तैगरी, उनले नेपाल विद्युत प्राधिकरण अघोषित लकडाउन गरेको बताउँदै यसले उद्योगहरुलाई धेरै नोक्सान भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.