पोखराको चाउथेमा गार्डेन मार्टको १७ औं शाखा सञ्चालनमा

  २०७९ वैशाख १७ गते १४:४९     विकासन्युज

पोखरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेनमार्टको १७ औं शाखा सञ्चालनमा आएको छ । उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्य वस्तु देखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।

उद्योग बाणिज्य संघ पोखराका प्रथम बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले शनिवार एक कार्यक्रमकावीच मार्टको नयाँ शाखाको उद्घाटन गरेका थिए । मार्टको सञ्चालनले स्थानीयलाई किनमेलको नयाँ अनुभव दिने बताउँदै उपाध्यक्ष प्रजापतिले यसले स्थानीयस्तरमा रोजगारीको समेत सिर्जना गर्ने बताए ।

यो मार्टमा चामल, चिनि, दाल लगायतमा दैनिक उपभोग्य बस्तु, सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अतिरिक्त महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु मार्टमा विक्रिका लागि राखिएको छ । मार्ट शुभारम्भको अवसरमा यी सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट पाउने सहकारीका अध्यक्ष शुशिल बानियाले जानकारि दिए ।

अध्यक्ष बानियाका अनुसार बचत संकलन र ऋण प्रवाहका अतिरिक्त सहकारीले प्रत्यक्ष नाफामुलक व्यवसायमा समेत लाग्नु पर्छ भन्ने हिसावले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।

यो सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङ्गको घोराही, बाँकेको चाँदनी चोकमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.