दुई सातामा बैंकहरूमा २२ अर्बले घट्यो निक्षेप, कर्जा दिनै छोडे

  २०७९ वैशाख १३ गते १२:५२     विकासन्युज

काठमाडौं । दुई सातामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप बैशाख दोस्रो सातासम्म २२ अर्ब रुपैयाँले घटेको हो ।

चैत मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा बैशाख दोस्रो सातासम्म आइपुग्दा कुल ४३ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित भएको हो ।

यस्तै, बैंकहरुको कर्जा लगानी पनि सुस्त देखिएको छ । चैत मसान्तसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा बैशाख दोस्रो सातासम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ कायम भएको हो । वाणिज्य बैंकहरुमा दोस्रो सातामा ३ अर्ब रुपैयाँ कर्जा लगानी बढेको देखिएको छ ।

दुई सातासम्म ३ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी हुँदा अब बैंकहरुले कर्जा लगानी नै छोडे भन्ने बुझिन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु तरलताको समस्या भोगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.