साधना लघुवित्तले कमायो ९ करोड बढी नाफा, एनपीएल घटेर १.८६ प्रतिशतमा सीमित

  २०७९ वैशाख १३ गते १२:०७     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २१.६३ प्रतिशतले खुद नाफा बढाएको छ । गत आवको चैत मसान्तसम्म ७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको संस्थाले चालु आवको सोहि अवधिसम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले सार्वजनिक गरेको चालु आवको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी दुबै बढेकोले खुद नाफा बढ्न पुगेको हो । समिक्षा अवधिमा संस्थाले २१ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३१ करोड ४ लाख रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन नाफा पनि बढेर १२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी बढेर ५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । रिजर्भ एण्ड सर्पल्सको रकम ९ करोड ४० लाख रुपैयाँबाट १५ करोड २७ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म संस्थाको निक्षेप ६३ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ३ अर्बबाट बढेर ५ अर्ब रुपैयाँ नाघेको छ ।

त्यस्तै, लघुवित्तको निष्किृय कर्जा (एनपीएल) २.३३ प्रतिशतबाट घटेर १.८६ प्रतिशतमा झरेको छ । त्यस्तै, कष्ट अफ फण्ड बढेर ९.७६ प्रतिशतमा पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ३८.२७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४७.५५ रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको मूल्य आम्दानी अनुपात ३२.१४ र प्रतिसेयर कूल सम्पत्ति मूल्य १७६१.८४ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.