ओकिनावा स्कुटर किन्दा माछापुच्छ्रे बैंकका ग्राहकलाई शूल्य प्रतिशतमा ऋण

  २०७९ वैशाख १३ गते ११:५७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकले ओकिनावा स्कुटर खरिद गरेमा शून्य प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ।

बैंकले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकका लागि शून्य प्रतिशतमा ऋण दिने स्किम ल्याएको हो।

बैंकले बीएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरी इन्स्टापे सुविधामार्फत शून्य प्रतिशत इएमआइमा पाउने व्यवस्था गरेको हो।

सम्झौतापत्रमा बीएचसीका प्रबन्ध निर्देशक हासिम अन्सारी र बैंकका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरेका छन्।

ग्राहकले ६ देखि १८ महिनासम्मका लागि शून्य प्रतिशत इएमइमा स्कुटर किन्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.