अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय, अब यी वस्तुमा एलसी राेक

  २०७८ चैत २७ गते १६:२६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले गाडीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले अत्वाश्यक वस्तु बाहेकमा एलसी नखोल्ने निर्णय गरेका हाे ।

बैंकर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले गाडीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय भएको बताए ।

‘नेपाल राष्ट्र बैंकले पनि केही दिन अगाडि हामीहरूलाई बोलाएर नै अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्न निर्देशन दिएको थियो, सोही निर्देशन अनुसार सरकारलाई पनि सहयोग हुन्छ भनेर हामीले पनि एलसी रोकेका छौं, अहिले गाडी पनि स्टक नै छ भन्ने कुरा छ, अर्थतन्त्र समस्यामा परेको बेला यो निर्णयले केही सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।

उनका अनुसार संघले निजी गाडी,चिनी, चकलेट, चुइगम, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्यूम, काठका सामग्री, मोबाइललगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।

यसअघि राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा कडाइ गरेको थियो । ती वस्तुको आयातमा राष्ट्र बैंकले शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

सम्बन्धित सामग्री: सीईओहरूलाई राष्ट्र बैंकको निर्देशन : अत्यावश्यक बाहेकको कर्जा रोक्नू, गाडी कर्जा दिँदै नदिनू

One comment on "अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय, अब यी वस्तुमा एलसी राेक"

  • c.k.shahi says:

    WHAT A POOR COUNTRY WE HAVE NOW.
    NOW BANK SHOULD SAVE INDIAN RS ,ROBAL N CHINES WON . RIC WILL LEAD SOON.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.