सीईओहरूलाई राष्ट्र बैंकको निर्देशन : अत्यावश्यक बाहेकको कर्जा रोक्नू, गाडी कर्जा दिँदै नदिनू

  २०७८ चैत २१ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएको छ । सोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरूलाई बोलाउँदै राष्ट्र बैंकले सो निर्देशन दिएको छ ।

एक बैंकका सीईओका अनुसार राष्ट्र बैंकले अहिले अर्थतन्त्र ठूलो संकटमा भएकोले यसबाट पार गर्नको लागि बैंकहरूको ठूलो भूमिका रहने राष्ट्र बैंकको भनाइ थियो ।

‘बैंठकमा राष्ट्र बैंकले अत्यावश्यक बाहेकको वस्तुमा जाने कर्जा रोक्नु भनेको छ, हामी इनारको डिलमा छौं, यसमै हाम फाल्ने कि यसबाट बच्ने भन्ने ध्यान दिनुपर्छ भन्ने राष्ट्र बैंकको भनाइ थियो, गाडी कर्जा पनि रोक्नु भनेको छ,’ ती सीईओले भने ।

राष्ट्र बैंकले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । राष्ट्र बैंकले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

3 comments on "सीईओहरूलाई राष्ट्र बैंकको निर्देशन : अत्यावश्यक बाहेकको कर्जा रोक्नू, गाडी कर्जा दिँदै नदिनू"

  • c.k.shahi says:

    VERY GOOD CONTROL NEWS BY HIM . CHECK NEWS IN SRILANKA.

  • ramesh kurmar bhandari says:

    ऋण गरेको रकम प्रति सांसद ६ करोड बाँडेर मन्दिर, चर्च, मस्जिद र भियु टावर बनाउने गरेकोले नेपाल आर्थिक संकट तर्फ जाँदै छ ।

  • Tikaramkandel2006@gmail.com says:

    Good work

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.