जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस सेयर पारित

  २०७८ चैत २७ गते १३:०७     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाले ७० प्रतिशत बोनस सेयर र ३.६९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको छ।

शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तमा कायम चुक्ता पुँजी ६० करोड ८४ लाखमध्ये ४२ करोड ५८ लाख ८० हजार बोनस सेयर पारित गरेको हो । त्यस्तै दुई करोड २४ लाख १४ हजार ७३६ रुपैयाँ नगद लाभांशसमेत पारित भएको हो।

सेयरधनीमध्येबाट गोकर्ण खतिवडा र अशोक सिटौला साधारणसभाबाट सञ्चालक समितिमा निर्वाचित भएका छन् । सञ्चालक सदस्यमा निर्वाचित दुवै जनालाई संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रमाणपत्र हस्तान्तरणसँगै शपथ ग्रहण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.