सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

  २०७८ चैत २४ गते १९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ ।

चैत्र ८ गते मंगलबार बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका-७ विरुवाटारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १५८ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.