नयाँ वर्षमा फेवा सडक महोत्सव हुने

  २०७८ चैत २४ गते १३:०५     विकासन्युज

पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्न वैशाख १ गते १७औं फेवा सडक महोत्सव हुने भएको छ ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि वैशाख १ गतेसम्म १७औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो ।

कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुन:उत्थानको लागि सडक महोत्सव गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए । पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक पर्यटन आउने उनले बताए ।

त्यस्तै,होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताए । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरू आफैंले पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताए ।

महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुति,ख्याती प्राप्त कलाकार प्रस्तुति र हास्यव्यङ्ग्यसमेत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.