प्रदूषणका कारण एक सातादेखि पोखरा उडान ठप्प

  २०८१ वैशाख १९ गते १४:११     विकासन्युज

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखराको उडान तथ अवतरणमा समस्या भएको छ । वायुप्रदूषणले एक सातादेखि पोखरको आकासमा बढेको तुवाँलो, धुवाँ र धुलोका कारण आन्तरिक वायुसेवाका उडान तथा अवतरण एक सातादेखि ठप्प भएको हो ।

आइतबार दिउँसो केही समयका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुले पनि सोमबारदेखि फेरि आजसम्म उडान हुन सकेको छैन ।

वायु प्रदूषणका कारण मौसम बिग्रिएको हुँदा पोखराको उडान अवतरणका यात्रुलाई व्यवस्थापन गर्न समस्या भइरहेको एयरलाइन्स कम्पनीले बताएका छन् ।

काठमाडौंबाट पोखराका लागि आन्तरिक उडानका बुद्ध, यती र श्री एयरलाइन्सले दैनिक ६० वटा उडान तथा अवतरण गर्दै आएका छन् । पोखरामा उडान हुन नसक्दा आन्तरिक वायुसेवा कम्पनीलाई दैनिक करोडाैं रुपैयाँकाे घाटा लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.