आगामी जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

  २०७८ चैत २२ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंको आयोजनामा काठमाडौंमा भृकुटीमण्डप परिसरमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

०७९ साल जेठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” काठमाडौंमा आयोजना हुने भएको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा “प्रदर्शनी आयोजक समिति” गठन गरी यसको तयारीको काम सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.