बढ्न थाले नेपाल आउने विदेशी पर्यटक, मार्च महिनामै भित्रिए ४२ हजार

  २०७८ चैत २१ गते १३:१२     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण सुस्त बनेको नेपालको पर्यटक क्षेत्रले गति लिन थालेको छ । कोभिडका कारण सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रले कोरोना संक्रमितको संख्यामा कमी आएसँगै गति लिन सुरु गरेको हो ।

नेपाल पर्यटन बोर्डले कोभिड कम भएपछि नेपाल भित्रने विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेको जनाएको छ । बोर्डको तथ्यांक अनुसार कोभिड पछिकै धेरै विदेशी पर्यटक मार्च महिनामा भित्रिएका छन् ।

मार्च महिनामा मात्रै ४२ हजार ६ जना विदेशी नेपाल भित्रिएका छन् । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय पर्यटकको संंख्यामा बृद्धि हुन थालेको हो ।

तथ्यांक अनुसार मार्च महिनामा सार्क राष्ट्रबाट १७ हजार ६६१ विदेशी नेपाल भित्रिएका हुन । गत वर्षको मार्च महिनामा सार्क राष्ट्रबाट ८ हजार ३८० विदेशी नेपाल आएका थिए ।

सार्कबाट आउने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । एक महिनामा १५ हजार १३ जना भारतीय नागरिक नेपाल भित्रिएका हुन ।

सन् २०२१ को मार्च महिनामा १ हजार २०७ चिनियाँ पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय कमी आएको छ । कोरोना महामारीपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आउन थालेको छ । मार्च महिनामा चीनबाट ४३१ जना विदेशी मात्र नेपाल भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.