सोमबार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

  २०७८ चैत २१ गते १०:५०     विकासन्युज

काठमाडौं । सोमबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६०० रुपैयाँले घटेर ९८ हजार ७०० सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.