बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुर–पोखरा सिधा उडान सुरु गर्दै

  २०७८ चैत २० गते १७:१६     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसर पारेर वैशाख २ गतेदेखि बुद्ध एयरले भद्रपुर-पोखराको दैनिक सिधा उडान भर्ने भएको छ ।

बुद्ध एयरले दुवै प्रदेशका वासिन्दा मात्र लभान्वित नभई सीमापारी सिलगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुने जनाएको छ ।

साथै, भद्रपुर वरिपरिका पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन् ।

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज छ । जसभित्र हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, रुम र बिहानको ब्रेकफास्ट संलग्न छ ।

यस रुटका लागि बुध्द एयरले भाडादर ६ हजार ९०० सय रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.