गरिमा क्यापिटलले बोलायो साधारणसभा : १६ प्रतिशत नगद लाभांश वितरण गर्ने

  २०७८ चैत १८ गते १८:५८     विकासन्युज

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले साधारणसभा बोलाएको छ । आज बसेको सञ्चालक समितिको ४७औँ बैठकले आगामाी वैशाख ९ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको छ ।

पार्क भिलेज रिसोर्टमा बस्ने साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने र चुक्ता पुँजीको १५.६५ प्रतिशतले हुन आउने एक करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

साथै कम्पनीले वैदेशिक साझेदारीका लागि पनि प्रस्ताव गरेको छ । वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धीनिर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.