सिभिल बैंकद्वारा बेगनास तालका २२० डुङ्गा व्यवसायीलाई क्यूआर कोड वितरण

  २०७८ चैत १८ गते १४:२०     विकासन्युज

कास्की । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा बेगनास तालका २२० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, चिफ विजनेस – डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका भोला बहादुर विष्ट, ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेशनका प्रमुख विजय राम कशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी लगायतको उपस्थिति थियो ।

सो कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य रहेको बताए ।

सो कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए ।

सिभिल बैंकले ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.