चोभार बन्दरगाहमा नेपाल बैंकको राजस्व संकलन काउन्टर स्थापना हुने

  २०७८ चैत १८ गते ११:४७     विकासन्युज

काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना हुने भएको छ ।

नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागबीच काउन्टर स्थापनाका लागि सम्झौता भएको छ । उक्त काउन्टरबाट भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने बैंकले जनाएको छ ।

भन्सार विभागको तर्फबाट माहानिर्देशक कमलप्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलन कार्य गर्नेछ । सो अवसरमा भन्सार विभागका माहानिर्देशक कमलप्रसाद भट्टराईले नेपालको पहिलो बैंक सँग राजस्व कारोवारको विषयमा विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको भन्दै नेपाल बैंक भरपर्दो आधुनिक प्रविधिमैत्री भएकाले सम्झौता गरिएको बताए ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भन्सार विभागप्रति आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.