आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि धरानमा इस्ट टुरिजम मार्ट

  २०७८ चैत १२ गते १०:३२     विकासन्युज

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि शुक्रबारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सो कार्यक्रम सुरु भएको हो ।

प्रदेश १ का मुख्यमन्त्रि राजेन्द्रकुमार राईले पर्यटन आर्थिक विकासको आधार भएको भन्दै यसको प्रवद्र्धन आवश्यक रहेको बताए । उनले प्रदेश १ मा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर) पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

उनले प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका विभिन्न दातृसंस्थाहरुसँगको सहकार्यमा काम गरिरहेको समेत जानकारी दिए ।
यस्तै, सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको भन्दै पर्यटनको माध्यमबाट आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने बताए ।

धरान नगरपालिकाका प्रमुख तिलक राईले धरानलाई पूर्वको पर्यटनको गेटवेका रुपमा विकास गर्न सकिनेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले सिमित स्रोत र साधनकाबीच पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताउँदै बोर्डले सातै प्रदेशमा यस्ता मार्टहरुको आयोजना गर्न गईरहेको जानकारी गराए ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडले थलिएको पर्यटनलाई विस्तारै लयमा फर्काउन आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरेको जानकारी दिए ।

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापितगर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको कार्यकारी प्रमुख डा रेग्मीले जानकारी दिए ।

इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले धरानमा आयोजित मार्टमा भातरको सिलगुडि तथा विहार लगायतका सीमा क्षेत्रबाट भारतीय टावल व्यवसायीहरुको सहभागिता रहको जानकारी दिए । उनले यस्ता मार्टले पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार हुने बताए ।

मार्टको दोस्रो दिनश शनिबार सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरुबीच टुर प्याकेजहरु बिक्रीप्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने बोर्डले जनाएको छ । सो मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले प्याकेजहरुको प्रवद्र्धन गर्नेछन् ।

यसअघि नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा फाल्गुन २६, २७ र २८ गते वेस्टर्न टुरिजम मार्ट सम्पन्न भइसकेको छ ।
यस्तै, बोर्डले आगामी चैत २५ गतेदेखि २७ गतेसम्म धनगढीमा फारवेस्ट ट्राभल्स मार्ट आयोजन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.