६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  २०७८ चैत ११ गते ११:१०     विकासन्युज

काठमाडौं । छापावाल सुनको मूल्य शुक्रबार ६०० रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन ६०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँमा कायम भएको हो ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनकाे मूल्य तोलाको १ लाख ४०० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्ते चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.