ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

  २०७८ चैत ९ गते १९:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको म्यागङ गाउँपालिका-३ स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत उक्त बेबी वार्मर प्रदान गरेको छ । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्छ । साथै वितरित बेबी मार्मर राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको हो ।

देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्कबहादुर तामाङद्वारा म्यागङ गाउँपालिका-३ का अध्यक्ष हरिबहादुर तामाङको उपस्थिमा उक्त वार्मर स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका थिए ।

बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत् हालसम्म देशका विभिन्न स्वास्थ्य संस्थालाई १२ वटा बेबी वार्मर प्रदान गरिसकेको जनाएको छ ।

ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा एटीएममार्फत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.