राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते : सहमतिबाटै नेतृत्व चयन गर्ने

  २०७८ चैत ९ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय माधिवेशनबारे जानकारी गराएको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरेको बताए । अध्यक्ष कटुवालले बानेश्वरको एभरेष्ट होटलमा समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने बताए ।

त्यस्तै, महासंघले पछिल्लो समय बैंकहरूले अस्वभाविक रुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुलाई नराम्रो असर गरेको बताएको छ । महँगी बढेर आम उपभोक्तामा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग अनुरोध गरेको छ । महासंघले उद्योगका लागि चाहिने दक्ष जनशक्ति तयार गर्न सरकारले तालिम केन्द्रको स्थापना गर्नुपर्ने जनाएको छ ।

साथै, अर्थतन्त्रमा देखिने समस्या समाधान गर्नका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने, साना तथा मझौला उद्योगी व्यवसायीहरूलाई नीति निर्माण तहमा सहज पुहँच बनाउनुपर्ने र निजी क्षेत्रलाई असर गर्ने जुनसुकै निर्णय लिँदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्ने लगायतका माग राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.