बोनस सेयरको लागि सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बुक क्लोज

  २०७८ चैत ९ गते ११:००     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी चैत १७ गते बुक क्लोज गर्न लागेको छ । इन्स्योरेन्सले लाभांश तथा साधारण सभाको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनी आगामी चैत ३० गते २०औं वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान साढे १० बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा कक्षमा हुँदै छ ।

सभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै चैत १६ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.