बीमा अभिकर्ताको इजाजत पत्र अनलाइनबाट नवीकरण गर्न सकिने

  २०७८ चैत ८ गते १३:०८     विकासन्युज

काठमाडाैं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।

मंगलबार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सक्ने भएका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाजत पत्र नविकरण गर्न पनि झन्झटिलो हुने गरेकाले डिजिटल माध्यम अपनाइएको बताए । यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोवाइलमार्फत् सजिलै नविकरण गर्न सकिने उल्लेख गरे ।

अध्यक्ष सिलवालले डिजिटल नविकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.