नेपाल इन्स्योरेन्सले बढायो लाभांशदर, बोनस र नगद कति ?

  २०७८ चैत ८ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११.५७८९ प्रतिशित लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (८ प्रतिशत बोनस र २ प्रतिशत नगद) वितरण गरेको थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । प्रस्तावित ११ प्रतिशत बोनस पारित पश्चात १ अर्ब ३७ करोड रुपैयाँ पुँजी पुग्ने छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत दिएपछि इन्स्योरेन्सको साधारण सभाले पारित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.