झापाको बिएण्डसी मेडिकल कलेजमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

  २०७८ चैत ७ गते १८:५३     विकासन्युज

काठमाडाैं । झापाको बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिव एवंम विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

सोमबार कलेजले एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रति परिवार ३५ सय बीमा शुल्क तिरिदिने घोषणा गरे । आर्थिक अभावका कारण उपचारबाट कोही बन्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईंले बताए ।

उनले भने, ‘म दानवीर हैन । तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो । अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ ।’

यस्तै, कार्यक्रममा बोल्दै प्रदेश एकका सांसद वसन्त बानियाँले झापाको पछाडी परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले स्वास्थ्य नागरिक बनाउने विश्वास व्यक्त गरे । सरकारले स्वास्थ्य बीमा बोर्ड यही आर्थिक वर्षबाट ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ । विसं २०७२ बाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमले दुर्गम क्षेत्रका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य सेवा र उपचारमा सहुलियत दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.