चेक बाउन्समा २० लाख जरिवाना तोकिएका धिमाल पक्राउ

  २०७८ चैत ६ गते १७:११     विकासन्युज

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एकजना काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका छन् ।

बैंकिङ कसूरमा फरार रहेका कागेश्वरी मनहरा २ गोकर्णेश्वर बस्ने ३६ वर्षृका नवराज धिमाललाई प्रक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनका अनुसा धिमालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दुःख दिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले गत असोज १८ गते २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने फैसला गरेको थियो ।

अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जरिवनासँगै कैद ठहर गरेपछि उनी फरार रहेका थिए । लामो समय फरार रहेका धिमाललाई सीआईबीले आइतबार गोकर्णेश्वरबाट प्रक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदात काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.