स्प्यारो एसएमएस १२औं वर्षमा प्रवेश

  २०७८ चैत ६ गते १४:००     विकासन्युज

काठमाडौं । स्प्यारो एसएमएस १२औं वर्षमा प्रवेश गरेको छ । स्प्यारो एसएमएसले १२औं वार्षिकोत्सवलाई स्प्यारो डेको रुपमा मनाउँदैछ ।

स्प्यारोले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा भाइबर बिजिनेस म्यासेजिङ र स्प्यारो भ्वाइस सेवा लन्च गर्ने जनाएको छ । स्प्यारोले हालसम्म १० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको र एक करोड नेपाली प्रयोगकर्ता रहेको जनाएको छ ।

साथै, स्प्यारो एसएमएसले सरकारी संस्थाहरूलाई र आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि आफ्नो सेवा प्रदान गर्न सक्षम भएको जनाएको छ । स्प्यारोले आफ्नो एसएमएस सेवाको रूपमा बुल्क एसएमएस र एपीआई गेटवेसमेत प्रदान गर्दै आएको जनाएको छ ।

जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्प्यारो नेपाल देशकै अग्रणी एसएमएस सेवा प्रदायक रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.