एक महिनामै २२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ९०.९९ प्रतिशत

  २०७८ चैत ४ गते १४:१८     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामा बैंकहरुमा २२ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार माघ मसान्तको तुलनामा फागुन मसान्तमा २२ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको हो ।

गत माघ मसान्तमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले फागुन मसान्तमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् । बैंकहरुले व्याजदर बढाएसँगै बैंकिङ् प्रणालीमा निक्षेप बढेको हो । जसस्वरुप निक्षेप संकलन माघदेखि यता निरन्तर बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ ।

संघको तथ्यांक अनुसार निक्षेपमा मात्रै वृद्धि नभई कर्जा लगानीमा पनि वृद्धि भएको छ । गत माघ २९ गते ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले फागुन ३० गतेसम्ममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ गर्न सफल भएका छन् । जुन एक महिनामै १७ अर्ब रुपैयाँले बढी हो । फागुन २७ गतेसम्ममा बैंकहरुले ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

त्यस्तै, बैंकहरुको सीडी रेसियो पनि बढेर ९०.९९ प्रतिशत पुगेको छ । जुन फागुनको तेश्रो सातामा ९०.७७ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.