सिटिजन्स बैंकको केवाइसी अनलाइनबाटै

  २०७८ चैत ४ गते १४:१९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरूले केवाइसी फारम भर्न वा अद्यावधिक गर्न भौतिक रुपमा बैंक धाउनु नपर्ने भएको छ ।

बैंकले १५औं वार्षिकोत्सवको अवसरमा इ-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । यो सँगै अब अनलाइनबाटै ग्राहकले आफ्नो केवाइसी अपडेट गर्न सक्ने सिजिन बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैंकले यसअघि नै कियोस्क सञ्चान गरिसकेको छ । कियोस्कबाट ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्नेजस्ता सेवा लिँदै आएका छन् ।

साथै, सिटिजन्स्स बैंकले देशभर १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १३ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.