अर्थतन्त्र ३५ वर्षयताकै कमजोर : गोल्छा

  २०७८ चैत ४ गते १३:४४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले जतिकाे नाजुक अर्थतन्त्र यसअघि कहिल्यै पनि नदेखेको बताएका छन् । उनले ३५ वर्ष यस क्षेत्रमा लागी पर्दा हालको जस्तो अवस्था नदेखेकाे बताएका हुन् ।

उनले भने, ‘अहिले मुलुकमा तरलताको समस्या गम्भीररुपमा बढ्दै गइरहेको छ । समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ ।’

अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको भनाइ थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.