नेपाल आयल निगमले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

  २०७८ चैत ३ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले आगामी चैत २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन दिउँसो १ बजे काठमाडौंको टेकूस्थित निगमको सभाकक्षमा आफ्नो ४०औं वार्षिक साधारण गर्न लागेको हो ।

उक्त सभामा कम्पनीले विभिन्न साधारण प्रस्तावहरु पेश गर्दै छ । कम्पनीले सभाको लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र सोही अवधिको नगद प्रभाव विवरण माथि छलफल गरी सभामा पारित गराउने प्रस्ताव लगेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने र आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.