एभरेष्ट बैंकको थिमी र काँडाघारीमा नयाँ शाखा उद्घाटन

  २०७८ चैत २ गते १८:५३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले भक्तपुरको थिमी र काँडाघारीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

बैंकको थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबिन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका थिए ।

बैंकले आफ्नो ११२ शाखा संजाल, प्रादेशिक कार्यालय, १४५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.