एक अर्ब बढीको ऋणपत्र जारी गर्दै बैंक अफ काठमाण्डू

  २०७८ चैत २ गते १८:११     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको डिबेञ्चर(ऋणपत्र) जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो ।

बैंकले सो ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

बैंक अफ काठमाण्डू कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको छ । यस बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.