सिटिजन्स बैंकमा एक महिना विभिन्न सेवामा छुटै छुट

  २०७८ चैत २ गते १६:३७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको १५औ वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले चैत ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पिओएस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा २०० क्यासब्याक पाउनेछन् । यसैगरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि १०० को क्यासब्याक पाउनेछन् ।

डिजिटल भुक्तानीको अर्को माध्ययम इ कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ कम कार्ड लिन चाहाने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिएकाे छ ।

त्यस्तै, बैंकले ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.