एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी हस्पिटलमा १० प्रतिशत छुट

  २०७८ फागुन १३ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई थप सेवासुविधा दिने गरी ललितपुरको सुमेरु सिटी अस्पतालसँग सम्झौता गरेको छ ।

सम्झौतामार्फत् बैंकका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट बिल भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/इसीजी/सीटी स्क्यान/पीएफटीलगायत अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यसैगरी, एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसेपाटीबीच पनि सम्झौता भएको छ। अप्टिकलले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.