कुमारी जब र फाउण्ड परियोजनाले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने

  २०७८ फागुन १२ गते ११:४५     विकासन्युज

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने कुमारी जब र फाउण्ड परियाेजना (द लेप्रोसी मिशन नेपाल)बीच सम्झौता भएकाे छ । दुई संस्थाले बुधबार यसबारे सम्झाैतापत्रमा हस्ताक्षर गरेकाे छ ।

सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले जानकारी दिएको छ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्ने बताउँछन् ।

‘नेपाली परिप्रेक्ष्यमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.