अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्न पराराष्ट्र मन्त्रालयकाे आग्रह

  २०७८ फागुन ११ गते १५:२८     विकासन्युज

काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले अत्यावश्यक कामले बाहेक  युक्रेनमा नबस्न र उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।

मन्त्रालयले नेपालीहरुलाई युक्रेनमा अत्यावश्यक काम बाहेकमा यात्रा नगर्न पनि आग्रह गरेको छ ।

पछिल्लो समय रुससँग चलिरहेको तनावको कारण युक्रेनमा हिंसात्मक घटना हुनसक्ने भन्दै मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गरेको हो ।

नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईं, सम्पर्क नम्बर ४९१७०९८०८०६३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यस्तै मन्त्रालयले सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका सुशील मिमिरे, कार्यवाहक राजदूत, ७९६८०७०२८१५ लाई समेत सम्पर्क गर्न सकिने जनाएको उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.