राष्ट्र बैंक र अर्थमन्त्रालयको नेतृत्वमाथि अर्थविद्को प्रश्न

  २०७८ फागुन ११ गते १५:१९     विकासन्युज

काठमाडौं । अर्थविद् डाक्टर अच्युत वाग्लेले राष्ट्र बैंक र अर्थ मन्त्रालयका नेतृत्वको योग्यतामाथि प्रश्न उठाएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको छलफलमा वाग्लेले उनीहरुको योग्यता माथि प्रश्न उठाएका हुन ।

उनले राष्ट्र बैंक र अर्थ मन्त्रालयका नेतृत्वको योग्यतामाथि प्रश्न उठायो भने अर्काे विषय बन्ने भन्दै उनीहरुको विषयमा राम्रो बोल्ने मात्र राम्रो बन्ने परिपाटी रहेको बताए ।

हामीले सामान्य मौद्रिक औजारहरु पनि चलाउन सकेका छैनौं, पुँजिको लागत कम गर्नुपर्ने । वित्तीय कम्पनीले लिने कष्ट अफ फण्ड आजै देखि हटाऔं, उनले भने ।

यस्तै, उनले सरकारले राज्य चलाउन सक्छ कि सक्दैन भन्दै प्रश्न समेत गरेका छन् । उनले अर्थमन्त्रालयले सातै प्रदेशका अर्थमन्त्रालयसँग बसेर मोबिलाइज गर्नुपर्ने बताउँदै सम्बन्धित सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समय क्रिप्टोकरेन्सीमा रेभिन्यु अड्किएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.