सहकारीका निक्षेपकर्ताको सवा ६ करोड ठगी गर्ने अध्यक्ष र उपाध्यक्ष पक्राउ

  २०७८ फागुन ११ गते १५:००     विकासन्युज

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) सहकारीको रकम हिनामिना गर्ने अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ ।

काठमाडौंको पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना प्रहरीको फन्दामा परेका छन् । सहकारीको रकम हिनामिना गरेको अभियोगमा व्यूरोले सहकारीका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाइ गत फागुन ४ गते पक्राउ गरेको हो ।

उनीहरुले आफूखुशी सहकारी संस्थाको खातामा रकम नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको छ करोड पच्चीस लाख ठगी गरेको ब्यूरोले जनाएको छ ।

भुक्तानी फिर्ता माग्दा उनीहरु सहकारी संस्थामा ताला लगाई फरार भएका थिए भने पीडितले सहकारी ठगी कार्यमा संलग्न रहेको भन्दै दिएको जाहेरीका आधारमा पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.