ठूलो आर्थिक संकट आउँदैछः अर्थशास्त्री डा. नेपाल

  २०७८ फागुन ११ गते १४:४३     विकासन्युज

काठमाडौं । अर्थशास्त्री डा. गोविन्द नेपालले ठूलो आर्थिक संकट आउन सक्ने भन्दै सतर्क हुन आवश्यक रहेको बताएका छन् । अहिले आर्थिक अवस्था ठीक नरहेको भन्दै उनले विगतमा हुने गरेका भ्रष्टाचारको कारण अहिलेको अवस्था आएको बताए ।

बनेका भौतिक पूर्वाधारण पनि गुणस्तरीय नभएको भन्दै उनले सबै पक्ष सम्बेदनशील भएर अघि बढे मात्रै समस्या समाधान गर्न सकिने पनि बताए ।

उनले नेपालमा बैदेशिक लगानी ल्याउनको लागि आवश्यक कामै पूरा नभएको पनि बताए । देशको रेटिङ नहुदा विदेशी लगानीकर्ताले केका आधारमा लगानीको निर्णय गर्ने भन्दै उनले लगानीका लागि उचित वातावरण बनाउन नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.