नेपाली बजारमा आयो निसानको नभारा, मूल्य ९५ लाखदेखि १ करोड १६ लाखसम्म

  २०७८ फागुन २ गते १४:५४     विकासन्युज

काठमाडौं । निसानले सोमबार अल न्यू नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्ज गरेको छ । ८० वर्षभन्दा लामो समयदेखि पिकअप सेगमेन्ट ल्याएको निसानले ग्राहकको माग अनुसार एड्भान्स टेक्नोलोजी सहितका उत्पादन ल्याएको जनाएको छ ।

सो फोरएक्समा अल न्यू निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टम लगायतका विभिन्न बेस्ट इन क्लास टेक्नोलोजी रहेको जनाईएको छ ।

सो गाडीमा फ्रन्ट (बम्पर ग्रिल, हेडल्याम्प, हुड) इन्टरियर मेटलियर र हेकोरेसन प्रयोग गरिएको र बेड हाइट बढाइएको तथा नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको जनाईएको छ ।

नभारामा इन्टलिजेन्ट इमर्जेन्सी ब्रेडिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्याक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर रहेको छ । यस्तै, बेटर फ्युलइकोनोमी, ह्यान्डलिङ र फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको फिचर रहेको छ ।

सो सबै नयाँ फिचरका कारण गाडी अल्टिमेट ट्राभल्स र वर्कसाइट पार्टनर बनाउन योग्य र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी तथा सहजकताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामनागर्न सक्ने कम्पनीले जनाएको छ ।

द अल न्यू नभारामा नयाँ फिचरको रुपमा बडी कलर्ड फ्रन्ट बक्पर, एलईडी हेडलाइट ब्ल्याक र सिग्नेचर ब्ल्याक, रियल बम्पर र एफआर फगलाइट रहेका छन् । विभिन्न् ५ भेरिएन्टमा उपलब्ध हुने नभाराको मूल्य ९५ लाख ४९ हजार रुपैयाँदेखि १ करोड १६ लाख रुपैयाँसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.