३८ करोड नतिर्ने क्यासिनो र होटल बन्द गराउन पर्यटनमन्त्री आलेको निर्देशन

  २०७८ माघ २७ गते ११:२२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमवहादुर आलेले नेपालगन्जमा सञ्चालित होटल र क्यासिनो बन्द गराउन निर्देशन दिएका छन् ।

बुधबार काठमाडौंमा सञ्चालित होेटल याक एण्ड यती र त्यहा सञ्चालित क्यासिनो बन्द गराउन निर्देशन दिएका मन्त्री आलेले पुनः अर्काे होटल बन्द गर्न निर्देशन दिएका हुन् ।

उनको निर्देशनमा नेपालगञ्जको ड्रिमल्याण्ड होटलमा सञ्चालित ह्यापी आवर क्यासिनोले बक्यौता रकम भुक्तानी नगरेको भन्दै बन्द गर्न पर्यटन विभागले परिपत्र गरेको छ । विभागबाट २०६७ सालमा क्यासिनो सञ्चालनको अनुमति पाएको ह्यापी आवरले सरकारलाई बुझाउनु पर्ने रोयल्टी, इजाजत, नवीकरण दस्तुर लगायतकोे रकम भुक्तानी नगरेपछि विभागले प्रहरी प्रधान कार्यालय नक्साललाई परिपत्र गरिएको हो ।

सो क्यासिनोले सरकारलाई कानून बमोजिम दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा विभागको अभिलेखमा आर्थिक वर्ष २०७६/०६७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुुर, आर्थिक वर्ष २०७८/०७९ को रोयल्टी तथा नवीकरण दस्तुर सबै गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

लामो समयदेखि रकम भुक्तानी नगरेपछि बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमवहादुर आलेले मन्त्रीस्तरीय निर्णय गर्दै सो होटलमा क्यासिनो सञ्चालन गर्नमा रोक लगाउने निर्णय गरेको हो । क्यासिनो सँगै ड्रिमल्यान्ड होटलले वर्गिकरणको इजाजत समेत नलिएको भन्दै होटल समेत बन्द गर्न विभागले परिपत्र गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.