फागुन ४ गतेबाट काठमाडौं–नयाँदिल्ली उडान सुरु गर्दै भिस्तारा, यस्ताे छ भाडादर

  २०७८ माघ २४ गते १४:०५     विकासन्युज

काठमाडौं । भिस्तारा एयरलाइन्सले फागुन ४ गतेदेखि (फेब्रअरी १६ तारिख) काठमाडौं–नयाँदिल्ली उडान सुरु गर्ने भएको छ । नेपालमा कोरोना संक्रमित भेटिएको भन्दै सरकारले लागु गरेको बन्दाबन्दी (२०७६ को चैत ११ गतेदेखि) देखि बन्द रहेको उडान भिस्ताराले फागुन ४ गतेदेखि उडान सुचारु गर्न लागेको हो ।

भिस्ताराले आईतबार, बुधबार र शुक्रबार गरी फुब्रअरी महिनाभर सातामा ३ उडान गर्ने जनाएको छ । भिस्ताराको नेपालका सेल्स एजेन्ट तथा ट्राभल राइटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरज रिमाल दैनिक उडानको अनुमति पाएतापनि फेब्रअरी महिनाभर सातामा ३ उडानको तयारी भएको बताउँछन् ।

‘हामीले लामो समयदेखि बन्द रहेको काठमाडौं–नयाँदिल्ली उडान सुचारु गर्न लागेका छौँ, सुरुवाती अवस्था विचार गरेर मार्चदेखि दैनिक एक उडान सुचारु गछौं,उनले भने ।

उनका अनुसार अपरान्ह सवा ४ बजे काठमाडौं आइपुग्ने जहाज सवा ५ बजे पुन दिल्लीका लागि उडान गर्नेछ । भिस्तारामा भारतीय कङलोमोरेट समूह टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको छ ।

नयाँदिल्ली उडान रुटको हवाई भाडा महङगो भएको भन्दै चर्चा चलिरहदा भिस्ताराले दुईतर्फ उडान भाडादर (काठमाडौं–नयाँदिल्ली, नयाँदिल्ली–काठमाडौं) २१ हजार ३९९ नेपाली रुपैयाँ तोकेको छ । एयरलाइन्सले सुरुवाती चरणका लागि इकोनोमी क्लासका लागि उक्त भाडादर तोकेको हो ।

भारतमा कोरोना संक्रमितको संख्यामा कमी नआएको भन्दै दुई देशबीच एयरबबल अवधारण (दुई देशका सरकारी वायुसेवा कम्पनीले मात्र उडान गर्ने) अनुसार भारतको नयाँदिल्ली उडान सञ्चालन भएको थियो । दुई देशका सरकारी वायुसेवा कम्पनीले मात्र उडान गर्दा उडान भाडादर आकाशियको थियो ।

दुई देशका सरकारी बाहेक अन्य दुई वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएसँगै भाडादर घट्ने अनुमान गरिएको छ ।

४ वायुसेवा कम्पनीले उडान गर्ने

एयरबबल अवधारण अनुसार सुचारु गरिएको काठमाडौं–नयाँदिल्ली रुटको उडानमा अब ४ वायुसेवा कम्पनीले उडान गर्नेछन् । यसअघि नेपाल वायुसेवा कम्पनी र एयर इन्डियाले दैनिक एक/एक उडान गर्दै आएकोमा अब निजी क्षेत्रका २ वायुसेवा कम्पनी थपिएका छन् ।
दुई देशका सरकारबीचको सहमतिमा अब सातामा २८/२८ वटा उडान तथा अवतरण हुनेछन् । यसअघि सातामा ७÷७ वटा उडानमात्र हुँदै आएको थियो ।

करिब २ वर्षे पछि सरकारले निजी वायुसेवा कम्पनीलाई नयाँदिल्ली उडानको अनुमति दिएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अनुसार यसअघि एयरबबल सम्झौतामा दुई देशका सरकारी वायुसेवा कम्पनी रहेकोमा अब दुई निजी कम्पनी भिस्तारा र इन्डीगो एयरलाइनस थपिएका छन् ।

क्यानको तथ्यांक अनुसार नेपाल वायुसेवा कम्पनी, एयर इन्डीया, इन्डीगोको सातामा एक/एक र भिस्ताराले सातामा ३ उडान गर्नेछन् । सरकारले इन्डीगोलाई सातामा १४ र भिस्तारालाई ७ उडानको अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.