सिजि नेटले १५ दिन ‘फ्री ट्राईल’ दिने

  २०७८ माघ २१ गते १५:११     विकासन्युज

काठमाडौं । सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् ।

यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको नि:शुल्क परीक्षण अवधि दिने आफुहरु पहिलो सेवा प्रदायक कम्पनी भएको सिजि नेटले जनाएको छ ।

सिजि नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।

सिजि नेटले हाल ९ सय ९९ रुपैया प्रति महिनामा १२० एमबिपिएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैयाँ प्रति महिनामा ५० एमबिपिएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.