घलेम्दी हाइड्रोको नाफामा वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

  २०७८ माघ १८ गते १२:३७     विकासन्युज

काठमाडाैं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षकाे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो । कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो ।

यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर १ करोड ६४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.