त्रिविकाे स्थगित परीक्षा फागुनमा हुने

  २०७८ माघ १७ गते १५:३३     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा फागुनमा हुने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडको कारण स्थगित परीक्षा फागुनमा गर्ने तयारी भइरहेको बताए ।

‘स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको छ । स्थगित भएर लिन बाँकी परीक्षाहरू फागुनमा सञ्चालन गर्न तालिका सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने ।

त्रिविले कोभिड-१९ संक्रमण तीव्र रुपले बढेपछि माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरू स्थगित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.